काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा करौडोको आर्थिक चलखेल गरेको आरोपमा नापी अधिकृतविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले नापी कार्यालय भैरहरवा रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवउपर ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ विगो माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।


