काठमाडौं । टिम भेञ्चर्स लिमिटेडले सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित असोज ३ गते दूसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव अघि सारेको छ ।


