काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती,इन्जिनियर मोहन मल्ल,कानुन अधिकृत प्रकाश कुमार शाही,सामाजिक विकास अधिकृत अनिस साह,लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापाविरुद्ध मुद्दा दायर भएको हो।


