नेपालबाट भारत र बंगलादेशमा दैनिक १,१३० मेगावाट बिजुली बिक्री


नेपालबाट भारत र बंगलादेशमा दैनिक १,१३० मेगावाट बिजुली बिक्री

काठमाडौं : नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई दैनिक १ हजार १ सय ३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । 

यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ । नेपालले यस अवधिमा करिब ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री गर्नेछ, जसले ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यलाई सुदृढ बनाउने मन्त्री खड्काले बताएका छन् ।

Read More