नेपाललाई ग्रे लिस्टबाट हटाउन अनौपचारिक अर्थतन्त्रमा नीतिगत सुधार गर्न जरुरी छ - अर्थमन्त्री पौडेल

नेपाललाई ग्रे लिस्टबाट हटाउन अनौपचारिक अर्थतन्त्रमा नीतिगत सुधार गर्न जरुरी छ - अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजनाबद्ध विकास सफल बनाउन आवश्यकताअनुसार स्रोत परिचालन गर्नु जरुरी रहेको बताएका छन्। काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाललाई अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस कार्यक्रममा बोल्दै उनले विकासका प्राथमिकता र आवश्यकता अनुसार स्रोत व्यवस्थापन हुनुपर्नेमा जोड दिए।

Read More