काठमाडौँ । मुलुकको कुल सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा रू. २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकोमा साउन मसान्तसम्ममा रू. १४ अर्ब २ करोडले बढेको हो । यो कुल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ९४ प्रतिशत हुन्छ ।
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव २६ प्रतिशत अर्थात् रू. १४ खर्ब २ अर्ब ४७ करोड ६५ लाख छ भने आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ७४ प्रतिशत रहेको छ । चालू आवका लागि सरकारले रू. ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा साउन मसान्तसम्ममा रू. ४४ अर्ब ५७ करोड ऋण उठाइसकेको कार्यालयले जनाएको छ ।


