कर्जा नबढ्दा बैंकमा थुप्रियो ९ खर्ब १७ अर्ब, राष्ट्र बैंकले डेढ महिनामै उठायो ५ खर्ब


कर्जा नबढ्दा बैंकमा थुप्रियो ९ खर्ब १७ अर्ब, राष्ट्र बैंकले डेढ महिनामै उठायो ५ खर्ब

काठमाडौं : सरकारले अर्थतन्त्र चलायमान भएको दाबी गरे पनि बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिँदा नेपाल राष्ट्र बैंकले साउनयता मात्रै ११ पटकमा ५ खर्ब ५ अर्ब रुपैयाँ बजारबाट उठाएको छ । 

साउन ४ गते ५० अर्ब, ७ गते ८० अर्ब, ११ गते ५० अर्ब, १४ गते २५ अर्ब, १८ गते ५० अर्ब, २१ गते ४० अर्ब र २८ गते २५ अर्ब रुपैयाँ बजारबाट तानेको हो । 

त्यस्तै भदौ १ गते ६० अर्ब, ४ गते ३० अर्ब, ८ गते ५० अर्ब र ११ गते ४५ अर्ब गरी कुल ५ खर्ब ५ अर्ब रुपैयाँ केन्द्रीय बैंकले बजारबाट उठाएको छ । 

Read More