काठमाडौँ । पुँजी बजारलाई व्यवस्थित बनाउन भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ नयाँ निर्देशिका ल्याएको छ । सीडीएससीले एक महिनाअघि साउन ११ गते आइतबार बोर्ड बैठकले निर्देशिका पारित गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको थियो ।
तर सीडीएससीले बोर्डमा पठाएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ले एक महिनासम्म स्वीकृत हुन सकेको छैन । सीडीएससीको बोर्ड बैठकबाट सर्वसम्मत पारित भई धितोपत्र बोर्डमा पुगेको उक्त निर्देशिका बोर्डमै अध्ययन भइरहेको बुझिएको छ ।


