ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको ५१ प्रतिशत संस्थापक सेयर किन्ने भएको छ।
दुवै कम्पनीबीच भदौ १० गते सेयर खरिद सम्झौता सम्पन्न भएको हो।
कालीगण्डकी गर्ज हाइड्रोपावरले मुस्ताङ र म्याग्दी जिल्लामा एक सय ८० मेगावाट क्षमताको अर्धजलाशययुक्त (पीकिङ रन अफ द रिभर) प्रकारको आयोजना निर्माण गरिरहेको छ।


