काठमाडौं : अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ ।
यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९ः३० बजेदेखि लागू भएको हो।
पहिले भन्सार दर २५ प्रतिशत थियो। अब भारतमा कुल ५० प्रतिशत भन्सार लाग्नेछ।
सूचनामा अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगका लागि आइपुगेका वा गोदामबाट हटाइएका कुनै पनि भारतीय सामानमा बढेको शुल्क लाग्ने भनिएको छ।


