इम्बोस्ड नम्बर प्लेटमा चौतर्फी विरोध, रिडिङ मेसिनबिनै जनताबाट रकम असुल्ने ध्येयमा सरकार


इम्बोस्ड नम्बर प्लेटमा चौतर्फी विरोध, रिडिङ मेसिनबिनै जनताबाट रकम असुल्ने ध्येयमा सरकार

ट्रायल पास गर्नेहरुलाई समयमा सवारी चालक अनुमति पत्र (लाइसन्स) दिन नसकेको सरकारले असोज १ गते देखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको छ । तर, पर्याप्त तयारी बिना नै गरिएको यो निर्णयले सरकार नै अप्ठ्यारोमा पर्ने अवस्था देखिएको छ । अहिले यो इम्बोस्ड नम्बर प्लेटको विषयमा चौथर्फी विरोध भइरहेको हो । 

सामान्यतया सवारीसाधनमा यो परम्परागत प्लेटभन्दा केही फरक देखिने नम्बर प्लेट हो । यसको स्वरुप, संरचना र रचना सबै पहिलेभन्दा फरक रहेको छ । इम्बोस्ड नम्बर प्लेट खासगरी क्यमेरा, जीपीएस ट्राकरजस्ता अत्याधुनिक उपकरणबाट सम्बन्धित सवारी पहिचानका लागि सरकारले सवारी नम्बरप्लेटमा यसलाई लागू गर्न खोजेको जनाएको छ । यो नम्बरप्लेट आलुमिनमले बनेको हुन्छ भने प्लेटमा रहेका नम्बरहरु पहिलेजस्तो छापिएका नभई कुँदिएका हुन्छन् । तर विडम्बना नेपाल सरकारसँग यो प्लेट पढ्ने अहिलेसम्म मेसिन नै छैन ।

Read More