क्रेडिट रेटिङको गृहकार्य सुरु


क्रेडिट रेटिङको गृहकार्य सुरु

काठमाडौं : नेपालको यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरिएको छ । क्रेडिट रेटिङको तयारीका लागि सोमबार अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको हो । 

अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले बीबी माइनस पाएको थियो । सोभरेन क्रेडिट रेटिङका लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । यसैले सरकारले गृहकार्य थालेको बताएको छ । 

Read More