बैंक परिवर्तन हुँदा दिक्तेलका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती


बैंक परिवर्तन हुँदा दिक्तेलका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती

१० भदौ, खोटाङ । बैंक परिवर्तन हुँदा यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन् । साल्पा विकास बैंकले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँचवटा लाभग्राहीका लागि बैंक परिवर्तन भएपछि उनीहरु समस्यामा परेका हुन् ।

पन्ध्र वटा वडा रहेको यस नगरपालिकामा सालपा विकास बैंकले यस आवदेखि ५, ६, ७, ८, १० र ११ वडामा भत्ता वितरण नगर्ने भएको हो । वडा नं ८ दोर्पाबुवालुङमा नबिल बैंक र वडा नं ११ खार्मीमा एनआइसी एसिया बैंकले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सहमति गरे पनि सम्झौता गर्न नआएको नगरपालिकाले जनाएको छ।

Read More