सरकारले ११ कम्पनीलाई राख्यो कालोसूचीमा


सरकारले ११ कम्पनीलाई राख्यो कालोसूचीमा

९ भदौ, काठमाडौं । सरकारले काम सन्तोजनक नभएका ११ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो ।

कालोसूचीमा परेका कम्पनीहरुमा होमबहादुर बस्नेत मुख्य व्यक्ति रहेको विशाल होम निर्माण सेवा उदयपुर, सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौं, मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ लगायत छन् ।

Read More