भारतीय उद्योगपति अनील अम्बानी र उनको दूरसञ्चार कम्पनी रिलायन्स कम्युनिकेसन्स झन्डै ३ हजार करोड भारू बराबरको बैंक घोटालामा अनुसन्धानमा तानिएका छन्।
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले अम्बानी र रिलायन्समाथि अर्बौंको बैंक घोटाला प्रकरणमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ।
कुनै समय भारतीय टेलिकम्युनिकेसन क्षेत्रमा दबदबा कायम गरेको रिलायन्सले ठूलो ऋणमा डुबेपछि सन् २०१९ मा टाट पल्टिएको घोषणाका लागि निवेदन दिएको थियो।


