वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित


वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं : वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसद्को प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । 

संसद्मा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताए । अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसदले छोटो समयमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको बताए । 

Read More