नेपालको थप ८० मेगावाट बिजुली खरिदका लागि भारत सरकारले सहमति प्रदान गरेको छ।
खासगरी, नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको उक्त परिमाणको बिजुली खरिद गर्न भारत सरकारले सहमति प्रदान गरेको नेपाल विदुत् प्राधिकरणले जनाएको छ ।
यो सँगै नेपालले भारतसँग १०९० मेगावाट बिजुली निर्यात गर्नेछ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट बिजुली नेपालले निर्यात गर्नेछ । त्यस्तै, नेपालले बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिसकेको छ । पछिल्लो पटक साउन २६ गते भारत सरकारले २ सय मेगावाटको लागि अनुमति प्रदान गरेकोमा यही भदौ ५ गते थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो।


