आजको आर्थिक राशिफल: भदौ ६ गते शुक्रबार, भाद्र कृष्णपक्ष चतुर्दशी तिथि - कुन राशिको लागि कस्तो?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आजको आर्थिक राशिफल: भदौ ६ गते शुक्रबार, भाद्र कृष्णपक्ष चतुर्दशी तिथि  - कुन राशिको लागि कस्तो?

भदौ ६ गते शुक्रबार, भाद्र कृष्णपक्ष चतुर्दशी तिथि                                             


मेष
व्यापार व्यवसायमा लाभदायक परिणाम प्राप्त हुने सम्भावना छ।
 
वृष
सामाजिक तथा धार्मिक क्षेत्रमा प्रतिष्ठा कायम रहनेछ। वैदेशिक र व्यवसायिक गतिविधि यथास्थितिमा रहने संकेत छन्।

मिथुन 
विदेशसम्बन्धी प्रयासहरूबाट सकारात्मक प्रतिफल प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार र मेलमिलापको वातावरण बन्नेछ।

कर्कट 
दीर्घकालीन उद्देश्यका साथ सुरु गरिने कार्य सफल हुने देखिन्छ। धार्मिक भावनामा अभिवृद्धि हुनेछ।

सिंह 
प्रतिस्पर्धी वा शत्रु पक्ष पराजित हुनेछन्। आफ्नो क्षेत्रमा गरेको परिश्रमबाट यश, सम्मान र आर्थिक लाभ प्राप्त हुनेछ।

कन्या 
भविष्यप्रतिको विचारमा गरिने निर्णय लाभदायक हुनेछन्। श्रमको उचित प्रतिफल प्राप्त हुने समय हो।

तुला 
सामान्य दिन रहनेछ। वैदेशिक प्रयत्नमा साथीभाइ तथा सहकर्मीको सहयोग प्राप्त हुने संकेत छन्।

वृश्चिक
मानसिक चञ्चलता तथा उत्साहमा कमी देखिन सक्छ। कार्यक्षेत्रमा स्थायीत्व ल्याउन विशेष ध्यान आवश्यक छ।

धनु 
दिन लाभदायक रहनेछ। प्रतिस्पर्धीहरु निष्क्रिय हुनेछन्। आम्दानीमा वृद्धिको सम्भावना छ।

मकर 
साझेदारीमा गरिने कामबाट लाभ प्राप्त हुनेछ। स्वदेशमा गरिने परिश्रम सफल र लाभदायक रहनेछ।

कुम्भ 
खर्चमा वृद्धि हुने सम्भावना छ। तर वैदेशिक क्षेत्रबाट प्रतिष्ठा, सम्मान र नाम कमाउन सकिनेछ।

मीन 
गरेको लगानीबाट उत्कृष्ट प्रतिफल प्राप्त हुनेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय प्रगति हुने संकेत छन्।

 
  • EBL Ad news