तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन रु ३५ लाख बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाले आगामी चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३५ लाख बजेट विनियोजन गरेको हो ।
सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रति लिटर रु दुई अनुदान दिने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। उनले भने, “दूध उत्पादनमा अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुर्याएको छ, साथै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पनि टेवा पुग्छ ।”


