एक बर्षमा बैंकहरुले सरकारलाई झण्डै ३३ अर्ब रुपैयाँ आयकर बुझाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा ३२ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ राजस्व तिरेका हुन् । बैंकहरूले बुझाएको राजस्व अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २३.५६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूले सरकारलाई २६ अर्ब ५४ करोड ८० लाख रुपैयाँ कर तिरेका थिए।


