एकै पटक कसरी घट्यो १४ अर्ब रुपैयाँ गैरकर, सरकारी संस्थानको लाभांश घट्दै


एकै पटक कसरी घट्यो १४ अर्ब रुपैयाँ गैरकर, सरकारी संस्थानको लाभांश घट्दै

यो वर्ष साउन महिनामा संघीय सरकारले तीन अर्ब ७९ करोड रुपैयाँको गैरकर उठाएको छ।  

गैरकर भनेको सरकारले करबाहेक अन्य स्रोतबाट प्राप्त गर्ने आम्दानी हो। यसमा मुख्यतया सरकारी संस्थानबाट प्राप्त हुने लाभांश, विभिन्न शुल्क, दण्ड, जरिवाना, रोयल्टी, सरकारी सम्पत्तिको बिक्री वा भाडाबाट आउने रकम राखिएको हुन्छ।

गत वर्ष साउन महिनामा १७ अर्ब ३३ करोड रुपैयाँको गैरकर उठेको थियो। अघिल्लो वर्षको तुलनामा करिब १४ अर्ब रुपैयाँ गैरकर कम उठेको छ।

अघिल्लो वर्ष मात्र नभई यो पछिल्ला पाँच वर्षमा साउनमा उठेको गैरकरकै तुलनामा कम हो।

Read More