गृहमा अझै १ अर्ब ४७ करोड बेरुजु


गृहमा अझै १ अर्ब ४७ करोड बेरुजु

काठमाडौं :बेरुजु फर्स्योट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ । यो आवमा गृह मन्त्रालयले हालसम्मकै उच्च २ अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपैयाँ बेरुजु रकम गृह मन्त्रालयले फस्र्योट गरेको छ । 

अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालयअन्तर्गत कुल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्स्योट बाँकी रहेको थियो । गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले सरोकारवाला सबैको समन्वय र निर्देशन र मातहतका निकायहरूको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताएका छन् । 

Read More