जापानको निर्यात संकट चुलिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो https://nepalipaisa.com/news-detail/85331


जापानको निर्यात संकट चुलिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो  https://nepalipaisa.com/news-detail/85331

टोकियो । जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिनामा जापानको अमेरिका तर्फको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको छ । यो लगातार चौथो महिना हो जसमा अमेरिकातर्फको निर्यात घटेको देखिएको छ । 

निर्यातमा आएको यो तीव्र गिरावट मुख्य रूपमा गाडी र गाडीका पार्टपुर्जाको आपूर्तिमा आएको भारी कमीका कारण भएको हो । जुन अमेरिकी सरकारले लगाएको नयाँ आयाशुल्कको असर हो । अमेरिकामा जापानी गाडीको निर्यात २८.४ प्रतिशतले घटेको छ भने पार्टपुर्जाको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।

Read More