गृह मन्त्रालयद्वारा सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी विधेयक रायका लागि ढाँचा सहित सार्वजनिक


गृह मन्त्रालयद्वारा सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी विधेयक रायका लागि ढाँचा सहित सार्वजनिक

काठमाडौँ । गृह मन्त्रालयले सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि ढाँचा सहित सार्वजनिक गरेको छ ।

नेपालको सामाजिक सेवा तथा विकासको क्षेत्रमा क्रियाशील संस्थाको भूमिकालाई सामाजिक विकासको प्रक्रियामा मूल प्रवाहीकरण गरी संस्थागत सङ्गठन, विकास र कार्य सञ्चालनको मामिलामा सुशासनको स्थिति कायम राखी राख्नको लागि तथा संस्थालाई पारदर्शी, जवाफदेही, उत्तरदायी र जिम्मेवार बनाउन संस्थाहरूको व्यवस्थापन समेत गर्न सङ्घ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न नयाँ ऐन निर्माण गर्न आवश्यक देखिएकाले विधेयक अघि बढाइएको हो ।

 

Read More