राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फ जाने कर्जा १२.५ प्रतिशतसम्म विस्तार हुने प्रक्षेपण गरेको थियो।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठसम्ममा निजी क्षेत्र तर्फ गएको कर्जा लगानी (साँवा) ८ प्रतिशतले मात्रै बढेको देखिएको छ।
२०८१ असारमसान्तसम्ममा निजी क्षेत्र तर्फ ५० खर्ब ७३ अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरूले २०८२ जेठसम्ममा करिब चार खर्ब आठ अर्ब रूपैयाँले बढेर ५४ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ।


