काठमाडौँ । राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा आज (मंगलवार) नाडा अटो शो शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर पानसमा बत्ती बाली शोको उद्घाटन गर्नु भएको हो ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा आजदेखि यही ८ गते (१९–२४ अगस्ट २०२५)सम्म हुने यो अटो प्रदर्शनीका लागि चीनबाट फ्लाइङ ट्याक्सीदेखि लिएर अत्याधुनिक युनिट्री रोबटसमेत ल्याइएको छ । उत्तरी नाकाहरू प्राकृतिक विपद्ले अवरुद्ध हुँदाहुँदै पनि प्रदर्शनीका लागि नाडाले चीनबाट अत्याधुनिक प्रविधिका सवारीसाधनहरू भित्र्याएको हो ।


