साउन महिनामा १२७ उद्योगले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ)को लागि स्वीकृति लिएका छन्।
उद्योग विभागका अनुसार १२५ वटा साना उद्योग र २ वटा ठुला उद्योगलाई विदेशी लगानीको स्वीकृती दिइएको विभागले जनाएको छ।
यी उद्योगले २४ अर्ब १० करोड रूपैयाँ लगानी प्रतिवद्धता गरेका छन्। विभागका अनुसार सबैभन्दा धेरै लगानी प्रतिवद्धता कृषि मूलक उद्योगमा आएका छ।
एउटा ठुलो सहित दुई साना कृषि मुलक उद्योगको लागि २० अर्ब ४ करोड ५५ लाख रूपैयाँ लगानी प्रतिवद्धता छ।


