लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा प्राधिकरणका अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि एक समिति गठन गरिएको थियो ।
काठमाडौँ - सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको चार्टर्ड एकाउन्टेन्ट सदस्यमा महेश खनाललाई नियुक्त गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्राधिकरणको सदस्यमा खनाललाई नियुक्त गरेका हुन् ।
गत साता मात्र सरकारले प्राधिकरणको विज्ञ सदस्यमा रमेश चौलागाईंलाई नियुक्त गरेको थियो । आज (सोमबार) विज्ञ सदस्य चौलागाईं र चार्टर्ड एकाउन्टेन्ट खनालले एकैपटक पद तथा गोपनीयताको सपथ लिनेछन् ।
चौलागाईं नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् भने खनालले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखापरीक्षणमान बोर्डलगायतको नेतृत्व सम्हालिसकेका छन् । ...

