एलपी ग्यास किन्न पाँच वर्षमा बाहिरियो चार खर्ब


एलपी ग्यास किन्न पाँच वर्षमा बाहिरियो चार खर्ब

काठमाडौँ, भदौ २ गते । पछिल्लो पाँच वर्षमा मुलुकमा खाना पकाउने एलपी ग्यास आयातका लागि चार खर्ब रुपियाँ बाहिरिएको छ । 

नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्म चार खर्ब पाँच करोड रुपियाँ बराबरको २५ लाख ९३ हजार मेट्रिक टन ग्यास आयात भएको छ । बजारमा खपत बढेसँगै ग्यासको आयातसमेत बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि ग्यासको प्रयोग बढ्दै गएकाले आयातमा समेत वृद्धि भएको हो । सरकारले ग्यासको आयात गर्न विद्युत् खपतमा जोड दिए पनि बिजुली पूर्ण रूपमा भर पर्दो नहुँदा ग्यासकै खपत बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।  ....

Read More