दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैनः मन्त्री दाहाल


दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैनः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आईतवारको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भएपनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको उनको भनाइ छ । उनले यात्रुको भीडभाड चाँडबाँडको बेलामा भाडा नबढाउन यातायात व्यवसायीहरुलाई आग्रह गरेको पनि बताए । उनले यातायात व्यवसायीहरुसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताए । उनले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरु प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए । ...

Read More