काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्य समायोजनको प्रभावसहित निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ।
समायोजित मूल्य अनुसार,
-
पेट्रोल : पहिलो वर्गमा प्रतिलिटर रु १५८.५०, दोस्रो वर्गमा रु १६० र तेस्रो वर्गमा रु १६१।
-
डिजेल/मट्टितेल : पहिलो वर्गमा प्रतिलिटर रु १४६.५०, दोस्रो वर्गमा रु १४८ र तेस्रो वर्गमा रु १४९।
निगमका अनुसार नयाँ मूल्य समायोजन तत्काल लागू भएको छ।


