चालू आर्थिक वर्ष ६ लाख टन मल आपूर्तिका लागि रु. ४४ अर्ब चाहिनेमा १५ अर्ब अपुग


चालू आर्थिक वर्ष ६ लाख टन मल आपूर्तिका लागि रु. ४४ अर्ब चाहिनेमा १५ अर्ब अपुग

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यस वर्ष कूल ४ लाख ९१ हजार मेट्रीक टन मल आयात गरिएको बताएका छन् । 

अनुदानमा वितरण गरिने रासायनिक मलको आपूर्ति तथा वितरणको अवस्था एवं यस सम्बन्धमा प्रतिनिधिसभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठेका विषय र मन्त्रालयले गरेका प्रयासहरूका बारेमा जानकारी गराउँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले चालू आवको बजेट वक्तव्यमा ६ लाख टन मल आपूर्तिका लागि रु. ४४ अर्ब आवश्यक देखिएको र  मन्त्रालयलाई थप रु. १५ अर्ब बजेट आवश्यक रहेको पनि संसदमा जानकारी गराए ।

उनले मल आपूर्तिमा उल्लेखनिय सुधार भएको पनि बताए । मन्त्री अधिकारीले अथक प्रयासका बावजुद कृषकको मागअनुसार, सबै बालीका लागि सबै सिजनमा चाहिने जति परिमाणमा अनुदानको मल पुर्याउन नसकेको भए पनि मन्त्रालयले पाएको बजेटबाट ल्याउन सक्नेजति मल ल्याइएको बताए ।

Read More