नेपालबाट अबैध सामान पठाउदैको अवस्थामा समातिएका दुई कुरियर कम्पनीमाथि जरिवाना लगाइएको छ। दुईवटा कुरियर कम्पनीलाई करोडमाथिको जरिवाना माग गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयकाअनुसार अबैध धन्दामा समातिएका कुरियर कम्पनी इकिमा एक्सप्रेस प्राइभेट लिमिटेडलाई ९८ लाख ६२ हजार १२० रुपैयाँ जरिवाना तोकिएको छ भने डिपी नेक्स लजिस्टिकलाई १८ लाख २९ हजार ७११ रुपैयाँ जरिवाना माग गरिएको छ।
यी दुवै कुरियर कम्पनीले गत मंगलबार २९ जुलाईको साँझ जहाजमा लोड गर्न लाग्दाको अवस्थामा ३०० कार्टुन सामान समातिएको थियो। जसमा, भन्सार विभागले ३२ वटा कार्टुनमा स्वदेशी तथा बिदेशी चुरोट र सुकुटी फेला पारेको थियो। तर दिर्घायु कार्गो कुरियर कम्पनीले यी समान सम्बन्धित देशमा पठाउनलाई इकिमा कम्पनी प्रयोग गरेको खुल्न आएको छ। यी दुई कम्पनीले बरामद गरिएका सामानहरु लन्डन-युके, मेलबर्न -अष्ट्रेलिया, न्युवोर्क - अमेरिका पठाउनलाई लैजान लागिएको बुझिएको छ।


