सरकारले बढायो वर्षे धानको न्यूनतम समर्थन मूल्य


सरकारले बढायो वर्षे धानको न्यूनतम समर्थन मूल्य

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको हो । 

गत वर्ष वर्षे धानको लागि मोटा धानको ३ हजार ४१०  र मध्यम धानको ३ हजार ५८० रुपैयाँ तोकेको थियो ।  यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

 

Read More