अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले अनुमानितभन्दा ४३ प्रतिशत बढी आन्तरिक राजस्व संकलन गर्न सफल भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड २० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा उक्त रकमभन्दा ४३ प्रतिशत बढी ४ करोड ५७ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनालले बताए ।
गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले भौतिक प्रगति ९९.८९ प्रतिशत र वित्तीय प्रगति ९६.९० गर्न सफल भएको नगरपालिकाका अधिकृत छैटांै डिलकुमार केसीले बताए । सन्धिखर्क नगरपालिकाले आन्तरिक रूपमा पनि सक्षम हुनुपर्छ भन्ने मान्यताका साथ आन्तरिक राजस्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकालाई सक्षम बनाउन विभिन्न योजना बनाएर नगरपालिकाले काम गरिरहेको छ ।


