काठमाडौं : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ।
एमसीए नेपालका अनुसार न्यु दमौली-न्यु बुटवल प्रसारण लाइन र रातामाटे-न्यु दमौली प्रसारण लाइन निर्माणका लागि बिहीबार ठेकेदार कम्पनीसँग निर्माण सम्झौता हुँदैछ।
कुल ३१५ किलोमिटरको प्रसारण लाइन परियोजना अन्तर्गत यसअघि १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा निर्माणाधीन चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्म १८ किलोमिटर प्रसारण लाइन बनाउन भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भएको थियो।


