काठमाडौं : देशको संघीय राजधानी काठमाडौंमा वित्तीय अपराधको संख्या ह्वात्तै बढेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले यो तथ्य देखाएकोहो ।
तथ्यांकअनुसार परम्परागत अपराधका घटनासँगै वित्तीय र साइबर अपराधले भयावह रूप लिइरहेको छ । विशेषगरी बैंकिङ कसुरका घटना उल्लेख्य रुपमा बढेका छन् ।


