अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा हुन लागेको बाह्य लेखा परीक्षणको लागि दश ठूला बैंक छनोट गरिएको छ।
कोषको सहयोगमा हुन लागेको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षण भदौबाट सुरू गरिने भएको छ।
'हामीले सुरूदेखि नै कुल सम्पत्तिको आधारमा सबैभन्दा १० ठूला वाणिज्य बैंकको बाह्य परीक्षण गर्ने भनेका थियौं,' राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशन कुमार सिग्देलले भने, 'अहिले गत चैतसम्मको वित्तीय विवरणको आधारमा बैंक नाम छनोट गरेका छौं।'


