चालु आर्थिक वर्षबाट लागू भएको सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याटको विषयमा सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । व्यवसायीमैत्री नीति तथा निर्देशिका निर्माण लगायतका विषयहरूको दीर्घकालीन समाधानको माग गर्दै सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् ।


