भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने नाममा २४ लाख ५० हजार घुस मागेको आरोपमा मालपोत अधिकृत कुमार आचार्य र टिकाराम राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोबाइल डिभाइस एवं घुस रकम २४ लाख पचास हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।


