भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात


भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात

नेपालले छिमेकी मुलुक भारतमा अब एक हजार मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न अनुमति पाएको छ।

यसअघि ८११ मेगावाटसम्म मात्र बिजुली निर्यात गर्ने अनुमति भारतले दिएको थियो। अहिले थप २०० मेगावाट किन्ने भारतले जनएको छ।

पछिल्लो २०० मेगावाट निर्यातको सम्झौता चार वर्षका लागि भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए। तर यो सम्झौता वर्षभरि बिजुली किन्ने गरी भएको होइन। प्रत्येक वर्ष निश्चित महिना तोकेर यो बिजुली किन्ने भारतले जनाएको छ।

Read More