१०३ थरी वस्तु बंगलादेश निर्यातको सम्भावना उच्च


१०३ थरी वस्तु बंगलादेश निर्यातको सम्भावना उच्च

काठमाडौं । नेपालबाट १०३ वस्तु बंगलादेश निर्यातको सम्भावना उच्च रहेको एक अध्ययनले देखाएको छ । साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती)ले हालै सार्वजनिक गरेको नेपाल–बंगलादेश व्यापारसम्बन्धी प्रतिवेदनले हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ६ भएका १०३ प्रकारका वस्तुको बंगलादेश निर्यातको सम्भावना उच्च रहेको औंल्याएको छ ।

निर्यात सम्भावना भएका वस्तुहरूमा भेजिटेबल आयल, मरमसलामा अलैंची र त्यस्तै उत्पादन, सिन्थेटिक टेक्सटायल, चिया, यार्न, सल, मफलर, जुत्ताचप्पल, स्टील तथा स्टेनलेस उत्पादन, जर्सी, फलाम, प्लास्टिकका उत्पादन आदि पर्छन् । 

Read More