निर्माण क्षेत्रमा लगानीको माग उच्च,२४ अर्बभन्दा बढीले बढ्यो आवास कर्जा


निर्माण क्षेत्रमा लगानीको माग उच्च,२४ अर्बभन्दा बढीले बढ्यो आवास कर्जा

पछिल्ला केही महिनामा व्यक्तिगत आवास निर्माणको प्रवृत्ति तीव्र भएको देखिएको छ, जसले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने आवास कर्जामा समेत उल्लेखनीय वृद्धि गराएको छ।

आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा व्यक्तिगत आवास कर्जा २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँले बढेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा उल्लेखनीय वृद्धि हो।

Read More