बैंकहरूले युरो ६ मापदण्ड नपुगेका चारपांग्रे सवारीको एलसी खोल्न नपाउने


बैंकहरूले युरो ६ मापदण्ड नपुगेका चारपांग्रे सवारीको एलसी खोल्न नपाउने

बैंकहरूले अब युरो ६ मापदण्ड नपुगेका चारपांग्रे सवारीको लागि प्रतित पत्र (एलसी) खोल्न नपाउने भएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय विभागले परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

नेपाली सवारी साधन प्रदूषण मापदण्ड २०८२ भित्र नपर्ने सवारी तथा ढुवानीलगायतका अन्य साधानहरू पैठारी गर्न नपाइने व्यवस्था गरिएको छ।

Read More