काठमाडौं । सरकारले जलवायु वित्त परिचालन गर्न नीतिगत व्यवस्था गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका अनुसार नेपालमा जलवायु वित्त परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा तयार गरिएको हो ।
संयुक्त राष्ट्रसंघीय जलवायु प्रारूप महासन्धि, पेरिस सम्झौतालगायत अन्य अन्तरराष्ट्रिय महासन्धि तथा सन्धिअन्तर्गत जलवायुसम्बन्धी कार्यमा स्रोत उपलब्ध गराउन स्थापित कोषका अतिरिक्त जलवायुसम्बन्धी कार्यका लागि स्रोत उपलब्ध गराउन स्थापित अन्य द्विपक्षीय तथा बहुपक्षीय कोषहरूबाट आउने जलवायु वित्त परिचालन गर्न सरकारले कार्यविधिको मस्यौदा बनाएको हो ।


