नेपालीहरूको पहिलो गन्तव्य बन्यो युएई, दुई लाखभन्दा धेरैले लिए श्रम स्वीकृति


नेपालीहरूको पहिलो गन्तव्य बन्यो युएई, दुई लाखभन्दा धेरैले लिए श्रम स्वीकृति

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालीहरूको पहिलो आकर्षक गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ। 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल ८ लाख ३९ हजार २६६ ले श्रम स्वीकृति लिएकोमा युएईका लागि मात्रै दुई लाख ७४ हजार ५९० जनाले (नयाँ तथा पुनः) श्रम स्वीकृति लिएका छन्। यो कुल संख्याको ३२ प्रतिशत हो।

गत वर्ष युएईका लागि नयाँ मात्रै दुई लाख एक हजार १४८ जनाले श्रम स्वीकृति लिएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा पनि सबैभन्दा धेरै युवाले युएईका लागि नै श्रम स्वीकृति लिएका थिए।

Read More