एक वर्षमा ३५५ किलोमिटर सडक निर्माण, करिब १४ हजार हेक्टर जमिनको सिंचाइ सुनिश्चित


एक वर्षमा ३५५ किलोमिटर सडक निर्माण, करिब १४ हजार हेक्टर जमिनको सिंचाइ सुनिश्चित

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एकवर्षको अवधीमा ३५५ किलोमिटर सडक निर्माण गरेको छ । प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो एक वर्षे कार्यकालमा पक्की,ग्राभेल र कच्ची गरी ३५५ किलोमिटर सडक निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा सीमित स्रोत र जनशक्तिको उपयोग गर्दै भौतिक पूर्वाधार मन्त्रालयले कालोपत्रे,ग्रावेल र माटे गरी कूल ३५५.१६ किलोमिटर सडक निर्माण सम्पन्न गरेको जनाएको छ । यस्तै,६ वटा सडक पुल,८५ वटा बहुवर्षीय योजना र २६.८३४ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न गरिँदा ३७.५ हेक्टर जमिन संरक्षणमा सहयोग पुगेको बताइएको छ ।

Read More