काठमाडौँ । झापाको दमकमा भएको ५८ बिघा सरकारी जग्गा घोटाला प्रकरणमा मुछिएका तत्कालीन नापी प्रमुख शशिकान्त झा सहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा तत्कालीन नापी प्रमुख झासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको छ ।


