क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा कलंकीबाट एक युवक पक्राउ, ७८ लाखभन्दा बढीको कारोबार


क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा कलंकीबाट एक युवक पक्राउ, ७८ लाखभन्दा बढीको कारोबार

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। 

काठमाडौंको कलंकीबाट प्रहरीले २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।

हेटौंडा घर भई भक्तपुरको कौशलटार बस्दै आएका दाहाललाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

कलंकीमा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचना पाएपछि परिसरको टोली खटिएको थियो। उक्त टोलीले दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। 

अनुसन्धानको क्रममा उनले युएसडिटी, बिटिसी, इटिएच र बिएन्डबी जस्ता क्रिप्टोको कारोबार गरेको भेटिएको हो। 

Read More