पाँच वर्षसम्म नवीकरण नभएका डिम्याट खाता बन्द हुने


पाँच वर्षसम्म नवीकरण नभएका डिम्याट खाता बन्द हुने

काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट) ५ वर्षसम्म नवीकरण नभए बन्द हुने भएको छ । हाल ६९ लाख २२ हजारभन्दा बढी डिम्याट खाता खोलिए पनि १८ लाखभन्दा बढी निष्क्रिय रहेको अनुमान छ । 

लामो समयदेखि निष्क्रिय रहेका डिम्याट खाता बन्द गराउने कानूनी आधार खोजी भइरहेका बेला नेपाल धितोपत्र बोर्डले यस वर्षको नीति तथा कार्यक्रममै ५ वर्षदेखि नवीकरण नभएका र खातामा धितोपत्र मौज्दात नभएका हितग्राही खाता बन्द गर्न सक्ने व्यवस्था गरेको हो । 

त्यस्ता खाता बन्द गर्दा नवीकरण शुल्क प्राप्त हुन नसकेमा यो छूट दिने व्यवस्था बोर्डले गरेको हो । यसका लागि  बोर्डले निक्षेप सदस्यले नवीकरण शुल्क प्राप्त गरेपछि मात्र केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनुपर्ने दस्तुर वा शुल्क बुझाउने व्यवस्था गरी सम्बद्ध विनियम संशोधनका लागि बोर्डमा पेश गर्न निर्देशन दिएको छ । 

Read More